५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपाले रोक्ने निर्णय गरेको विधेयक राष्ट्रिय सभामा

राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाउने सम्बन्धि संशोधन विधेयक पेस हुँदैछ। संसद सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा विधेयक पेस हुने उल्लेख छ। बैठकको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पारित गरियोस् भन्ने उल्लेख छ।

विधेयकको चौतर्फी विरोध भइहरेको थियो। निजी क्षेत्रले उक्त विधेयकको विरोध गरेका थिए। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विधेयक रोक्ने निर्णय गरेको थियो।

उक्त विधेयक आजै पास हुने सम्भावना छ। राष्ट्रिय सभाबाट पारित भएपछि विधेय प्रतिनिधि सभामा जाने छ। विधेयकमा निजी क्षेत्रका अनियमितता र ठगी पनि अख्तियारले नै हेर्ने प्रावधान राखिएपछि विरोध भएको थियो।  

विधेयका केही बुँदा परिवर्तन गरेर पारित गर्न लागिएको जनाइएको छ।

 

 

 

प्रकाशित: १५ असार २०७७ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App