२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

भारतद्वारा खोलिएको बाटोमा नेपाली सुरक्षा फौज तैनाथ गर्न सरकारसँंग माग

राष्ट्रिय उद्योग व्यापार महासंघले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतद्वारा खोलिएको बाटोमा तत्काल नेपाली सुरक्षा फौज तैनाथ गर्न सरकारसँंग माग गरेको छ। महासंघका अध्यक्ष शिव कट्टेल र महासचिव कमल बरालले मंगलबार संयुक्त विज्ञप्ति प्रकाशित गरी आफ्नो सम्पूर्ण भूभाग समेटिएको नक्सासमेत बनाउन सकेको नेपाल सरकारालई बधाई दिएको छ।  

नक्सासमेत बनाउन नसकेको अवस्थामा सोमबार बसेको मन्त्रीपरिषदको बैठकले पश्चिमोत्तर नेपालको सिमाना लिम्पियाधुरा कायम रहने गरी नेपलको नापी बिभागले सिफारिस गरेको देशको नयाँ नक्सा पास गरेकोमा महासंघले स्वागत गरेको छ।  

अब नेपाली जनताले विश्वसामु आफ्नो देशको आधिकारिक नक्सा तत्काल प्रकासीत भई सबैले प्राप्त गर्नेमा महासंघले विश्वास व्यक्त गरेको छ। त्यस कार्यका लागि सरकारलाई तत्काल काम सुरु गर्न अनुरोध गर्दै नौ वटा सुझाबहरु कार्यान्वयनका लागि अपिल गरेको छ।  

ती अपिलहरुमा हाल संसद चलिरहेकोले नेपालको सम्बिधान संसोधन गरी लिम्पियाधुरा समेत नेपालको सम्पूर्ण भूभाग समेटिएको नेपालको नयाँ नक्सा तुरुन्त सम्बिधानमा उल्लेख गरी सोहि अनुसार नेपालको निसाना छाप र सांसद र मन्त्रीले प्रयोग गर्ने लोगोमा भएको नेपालको नक्सा समेत अबिलम्ब सच्याउन, तत्काल बिषय बिज्ञहरु, राजनितिक दल र सरोकारवालाहरुसंग छलफल गरी अन्तर्रा्ष्ट्रिय सीमा सम्बन्धमा राज्यको औपचारिक धारणा बनाउन, सुगौली सन्धि अनुसार नेपालको पश्चिमोत्तर सीमाना माहाकाली नदी भएको र माहाकालीको उद्गमस्थल लिम्पियाधुरा भएकोले सर्बसम्मतिबाट लिम्पियाधुरालाई त्रीदेशीय बिन्दु कायम गरी आफ्नो सीमा सुरक्षा गर्न सुझाब दिएको छ। लिम्पियाधुरा समेत नेपालको सम्पूर्ण भूभाग समेटिएको नेपालको नयाँ नक्सा तुरुन्त प्रकासित गरी विश्व समुदाय समक्ष नेपाली भूमि दाबी गर्न, भारतद्वारा खोलिएको बाटोमा तत्काल नेपाली सुरक्षा फौज तैनाथ गर्न , सूूर्यनाथ उपाध्याय अध्ययन समितिको प्रतिवेदन पाँचबर्षसम्म किन थन्क्याएर राखियो ?

त्यसलाई यथा सिघ्र सार्वजनिक गर्न, त्यसको अध्ययन गरी थप सामाग्री आवश्यक देखिएमा खोजेर उत्तर पश्चिम सीमा सम्वन्धी स्वेतपत्र जारी गर्न, भारतसँग तुरुन्त दुईपक्षीय वार्ता गर्न, यसका लागि बिज्ञहरुको टोली बनाई वार्ताको रणनीति बनाउन लगाउन, विषयबस्तुको ज्ञान र सम्वन्धित क्षेत्रका सीप भएका र अनुभव प्राप्त सरकारभित्र तथा बाहिरका बिज्ञहरुबाट विज्ञटोली निर्माण गर्न, सशश्त्र प्रहरीको टोलीलाई किन के कारणले छाङग्रु राखिनु परेको हो, आमजनतालाई सूसुचित गर्न अनि भारतसँग द्विपच्छीय बार्ता असफलको अवस्थामा विषय बस्तुलाई अन्तर्रा्ष्ट्रियकरण लागि तयारीको सिलसिलासिलामा स्वदेश वा बिदेशमा कार्यरत अन्तर्रा्ष्ट्रिय कानुनका ज्ञाताहरुलाई आबस्यक सहयोग प्राप्तीका लागि बिज्ञ टिम बनाई गृहकार्य गर्न महासंघले सुझाएको छ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App