२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

जिल्ला भित्र चल्ने सवारीको पास पनि खारेज

काठमाडौं-  गृह मन्त्रालयले यसअघि जारी भएका सबै पास खारेज गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेका पासपनि शनिबारदेखि लागू हुने गरी खारेज गर्ने निर्णय गृहमन्त्रालयमा आज बसेको बैठकले गरेको हो। यस अघि गृहले एक जिल्लाबाट अर्को जिल्लामा जाने पास खारेज गरेको थियो। नयाँ निर्णय अनुसार जिल्ला भित्र चल्ने सवारीको पास पनि खारेज भएको छ।

पासको दूरुपयोग हुने गरेकोले यस्तो निर्णय गरेको गृह प्रवक्ता केदारनाथ शर्माले बताए। कोरोनाका विरामी बढ्न थालेपछि सरकारले लकडाउनमा कडाई गर्ने निर्णय गरेको छ। अत्यावस्यक सवारीले भने सजिलै पास पाउने उनले बताए। जिल्लाले पास जारी गर्न पनि गृहको स्वीकृति लिनु पर्ने व्यवस्था गरिएको छ।

प्रकाशित: १ जेष्ठ २०७७ १४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App