६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सेनालाई अत्यावश्यक स्वास्थ्य सामग्री

चिनियाँ जनमुक्ति सेनाको एयरफोर्स विमानले नेपाली सेनाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । चीनको छेन्दुबाट आएको चिनियाँ सेनाको विमानले करिब ५ टन स्वास्थ्य सामग्री ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । ती स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, पिपिइ, पञ्जा, बुट, थर्मलथनलगायत रहेका छन् ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले चिनियाँ सेनाको जहाजले नेपाली सेनाका लागि स्वास्थ्य सामग्री ल्याएर फर्किएको जानकारी दिए । चीन सरकारले यसअघि पनि नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो । अहिले चीनको बेइजिङ, ग्वान्जाओ, चाङ्सालगायत गन्तव्यबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालय एयरलाइन्सले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याइरहेका छन् ।

प्रकाशित: ३१ वैशाख २०७७ ०८:२५ बुधबार

चीन कोरोना सङ्क्रमण