९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

बजेट अधिवेशन बैशाख २६ गते बोलाउन सिफारिस

काठमाडौं- सरकारले संसदका बजेट अधिवशेन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले  वैशाख २६ गते ४ बजे बजेट अधिवेशन बोलाउन सिफारिस गरेको हो।

जेठ १५ गते बजेट पेश गर्नुपर्ने संवंधानिक व्यवस्था छ। संविधानको धारा ११९ मा संघीय सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महिनाको १५ गते बजेट संघीय संसदमा पेश गर्नुपर्ने प्रावधान छ।

सामाजिक दूरी कायम गरेरे संसद बैठक चलाउने तयारी भएको संसद सचिवालयले जनाएको छ।

 बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्ने गरिन्छ।

 

प्रकाशित: २१ वैशाख २०७७ ०७:५३ आइतबार

बजेट_अधिवेशन बजेट संसद