१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

सांसद अपहरणको जाहेरी दिन जसपा नेता प्रहरी कार्यालयमा, जाहेरी लिन प्रहरीको आलटाल

जाहेरी दिन प्रहरी कार्यालय पुगेका नेताहरु। तस्बिर : केशव थोकर

काठमाडौं-  आफ्ना नेता तथा सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जनता समाजवादी पार्टीका नेताहरु मुद्दा दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छन्। तर प्रहरीले जाहेरी लिन मानेको छैन। प्रहरीले जाहेरी दिन महोत्तरी जान भएपछि वादविवाद समेत भएको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका हुन्।

पीडित यादव सहित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, कृष्ण शर्मा लगायतका नेताहरु टेकु पुगेका हुन्।

परिसरका एसएसपी श्यामलाल ज्ञवाली कार्यालयमा नभएको र केही छिनमा आउने भन्दै आलटाल गरिरहेको एक नेताले बताए। उनले भने, 'जाहेरी लिन मानिरहेका छैनन तर हामीले लिखित कारण दिन भनेका छौं।'

खनाल, श्रेष्ठ र बस्नेतले समाजवादी पार्टी फुटाउने खेलमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए।

प्रकाशित: १४ वैशाख २०७७ १०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App