९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

राजपा र समाजवादी एकतापछि बनेको नयाँ दल दर्ता गर्न निर्वाचन आयोग जाँदै

काठमाडौ- बुधबार मध्यरातमा एकीकरण घोषणा गरेको राष्ट्रिय जनत पार्टी नेपाल र समाजवादी पार्टीका नेताहरूले आज निर्वाचन आयोगमा पार्टी एकीकरणको डकुमेण्ट बुझाउँदै छन्।

तत्कालिन राजपाका महाचिव महासचिव केशब झाले बिहीबार विहान करिब साढे दशवजेसम्म निर्वाचन आयोगमा पुग्ने जानकारी गराएका छन्। समाजवादी पार्टीका सम्भावित असन्तुष्ट नेताहरू आयोगमा जानु अघि नै राजपा–समाजवादीका एकीकरण पक्षधहरू निर्वाचन आयोगमा जाने तयारीमा छन्। तर सरकारको आशिर्वाद पाएका असन्तुष्ट नेताहरु त्यहाँ पहिले पुगेको देखियो भने पनि कुनै आश्चार्य मान्नु नपर्ने एकता नेताले बताए।

तत्कालिन समाजवादी पार्टीका अध्यक्ष द्धय उपेन्द्र यादव र बाबुराम भट्टराईले समाजवादीका  असन्तुष्ट नेताहरूलाई फकाउने प्रयास गर्दै छन्। असन्तुष्ट नेताहरू बुधबारदेखि नै नक्सालको मेरियट होटलको १०१ र १०२ नम्बर कोठामा बसेका छन्। उनीहरूको नेतृत्वमा रेणु यादव र इस्तियाक राइले गरेका छन्। यो समूहमा पर्साका प्रदीप यादव र डा.सूर्यनारायण यादव पनि छन्। जनकपुरबाट बुधबार प्रधानमन्त्री केपी ओलीको निर्देशनमा राताराता काठमाडौं ल्याइएका सुरेन्द्र यादव भने बुधबार राती नै असन्तुष्ट समूहबाट उम्केर उपेन्द्र –बाबुराम समूहमा सम्पर्कमा आइसकेका छन्। समाजवादीका युवा नेता विश्वदिप पाण्डेले उनीसँग चिया पिइरहेको तस्बिर सामाजिक संञ्जालमा पोष्ट गरिसकेका छन्।

सुरेन्द्र यादव उम्के पछि असन्तुष्ट नेताहरूसँग ७ जना सांसद मात्र बाँकि छन्। समाजवादीसँग १८ सांसद छन्। ७ सांसद भए पनि नयाँ पार्टी दर्ता गर्न संख्या पुग्छ। त्यसैले पनि ७ सांसदलाई जोगाएर राख्ने असन्तुष्ट पक्षको रणनीति छ। यता उपेन्द्र र बाबुराम असन्तुष्टका ७ सांसदबाट पनि  केही सांसदहरूलाई आफूतिर ल्याउने प्रयास गर्दै छन्। पछिल्लो समय असन्तुष्ट केही सांसदहरू दोधारमा रहेको स्रोतको भनाइ छ। पार्टी फुटाउने समूहमा सहभागी हुन समाजवादीका असन्तुष्ट नेता प्रदीप यादव बुधबार विहान  काठमाडौ आएका छन्। यद्यपी उनले यसबारेमा आफू जानकार नभएको धारणा राख्दै आएका छन्। 

समाजवादीका असन्तुष्ट पक्षका सांसदहरूको राणनीतिलाई रोक्न समाजावदीका अध्यक्ष द्धय यादव र भट्टराईले बुधबार मध्यराती राजपा –समाजवादीवीच एकीकरण घोषणा गरेका छन्। यद्यपी असन्तुष्ट पक्षका नेता इस्तिायक राइले अहिले पार्टी नफुट्ने प्रतिक्रिया दिएका छन्।  उपेन्द्रले भने पार्टी फुटाउन सरकारले आर्थिक र सत्ताको चलखेल गरेको आरोप लगाएका छन्।

प्रकाशित: ११ वैशाख २०७७ ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App