२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कुहिएको दाल बेचेको आरोपमा कलैयाका मेयर बयानका लागि नियन्त्रणमा

काठमाडौं-  राहतको लागि कुहिएको दाल विक्री गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई बयानका लागि बोलाएको छ।

बाराका एसपी कृष्ण पंगेनीका अनुसार मेयर राजेश रायलाई राहतका लागि विक्री गरिएको दाल कुहिएको पाइएपछि बयानका लागि नियन्त्रणमा लिइएको हो। यस अघि प्रहरीले केही वडाअध्यक्षलाई नियन्त्रणमा लिएको थियो।

कुहिएको दाल बिक्री गरेको पाइएपछि प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाममा शनिबार शिलबन्दी गरेको थियो। गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले सञ्चालन गर्दै आएका छन्।

प्रकाशित: ९ वैशाख २०७७ ०८:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App