१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पार्टी विभाजन सम्वन्धी अध्यादेश : राजनीतिक अस्थिरताको खतरा

काठमाडौं- सरकारले दल विभाजन सम्वन्धी कानुनमा अध्यादेश मार्फत संशोधन गरेपछि त्यसबारे टिप्पणी सुरु भएको छ। संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपतिबाट राजनीतिक दल सम्वन्धी दोस्रो संधोशन अध्यादेश, २०७७ आजनै जारी भएको छ।  

संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सकिन्छ। तर अहिलेको सन्दर्भ फरक छ। अहिले विश्व कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको छ। के अहिले राजनीतिक दल सम्वन्धी कानुन अध्यादेश ल्याएर संशोधन गर्न जरुरी थियो ? हामीले यो प्रश्न राजनीतिक विश्लेषक हरि रोकालाई सोधेका थियौं।

राजनीतिक दललाई अस्थिर बनाउने मनशायका साथ यो कदम चालिएको छ। यसले राजनीतिक अस्थिरताको पृष्ठपोषण मात्रै गर्छ। यो अध्यादेशले अरु पार्टीलाई होइन नेकपालाई समेत नछोड्ने उपेन्द्र यादवको बुझाई छ।

सरकारमा बहुमत हुँदा हुँदै संसदलाई छलेर यस्तो कदम चाल्नु गलत भएको रोकाको बुझाई छ। प्रधानमन्त्रीकै अग्रसरतामा देशलाई अस्थितरतामा लैजाने खालको कदम चालिनु राजनीतिक नैतिकता र संस्कार विपरित भएको रोकाले बताए। 'प्रधानमन्त्रीलाई निर्णय गर्न केले रोकेको छ र दल विभाजन सम्वन्धी कानुनलाई संशोधन गर्नुपर्यो ?' उनको प्रश्न थियो। 'जेठ १५ भित्र अनिवार्य बजेट ल्याउनु पर्ने व्यवस्था छ। यस्तो बेला संसद छलेर अध्यादेश ल्याउनु गलत छ, उनले भने।  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेशको विरोध गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले यसलाई सरकारको आपत्तिजनक कदम र ग्रैह जिम्मेवार प्रवृति भनेका छन्। नागरिकको जीवन रक्षाको लागि काम गर्नु पर्ने समयमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु इतिहासकै सबैभन्दा दुखद घटना र वेमौसमी बाजा भएको देउवाले बताएका छन्।

सरकारको कदमको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि आलोचना गरेका छन्। नागरिकन्यूज सँग कुरा गर्दै यादवले भने, 'राजनीतिक दललाई अस्थिर बनाउने मनशायका साथ यो कदम चालिएको छ', उनले भने, 'यसले राजनीतिक अस्थिरताको पृष्ठपोषण मात्रै गर्छ।' यो अध्यादेशले अरु पार्टीलाई होइन नेकपालाई समेत नछोड्ने उनले बताए।

लोकतन्त्रलाई समाप्त गरेर फोहोरी एक दलीय शासनलाई प्रसय दिने खेल अनुसार अध्यादेश ल्याएको उनको दावी छ। कोरोना महामारीसँग एक जुट भएर जुध्नुपर्ने बेला प्रधानमन्त्री फोहोरी खेलमा लिप्त भएको उनको आरोप छ। 'देशमा लकडाउन चलेको छ। कोरोनाको त्रास छ,' उनले भने, 'यो बेलाको आवश्यकता के हो? सरकारले गर्नु पर्ने काम के हुन् त्यसतर्फको ध्यान खोइन ?' सरकारको कदमले देशलाई गलत बाटोमा लैजाने उनको ठम्याई छ।

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले किनै क्रुर राजनीतिक दृष्य मञ्चन गर्न खोजिएको बताए। कोरोना भाइरसको महामारीलाई समाना गर्नुपर्न् बेला पार्टी विभाजन गर्न सहज हुने अध्यादेश ल्याउनुले देश अस्थिरता तर्फ जाने उनले बताए।

नेकपाका एक जना अध्यक्ष समेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको यस्तो निर्णयले पार्टी भित्र पनि हलचल ल्याएको छ। सरकारको निर्णय पश्चात नेकपाका नेताहरु अर्का अध्यक्ष पुष्पकमल दाहालको निवासमा बैठक बसेका थिए। उनीहरुले सरकारको कदमको आलोचना गरेका छन्।

 

 

 

प्रकाशित: ८ वैशाख २०७७ १५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App