९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

व्यक्तिगत दम्भ हटाइ कोरोनाविरुद्ध एकजुट हाैं : सांसद गिरी

काठमाडौं- सांसद प्रदीप गिरीले पर्यावरण र कोरोना भाइरसविरुद्ध संसदभित्र र बाहिरबाट एकजुट भएर अगाडी बढ्नुपर्ने बताएका छन्।

सांसद गगन थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै पर्यावरण र यस्ता रोगहरुविरुद्ध व्यक्तिगत दम्भ र महत्वकांक्षा त्यागेर सामूहिक निर्णय गर्ने बानी नबसाल्दासम्म कोरोना भाइरस बारबार आउने र यो झन खतरनाक हुने बताए।

सबै दलहरुको विचार, वर्ग संघर्ष आफ्नो ठाउँमा राखेर वर्ग संघर्षभन्दा माथि उठी पर्यावरण र कोरोना भाइरसविरुद्ध एकजुट भएर अघि बढ्ने यो ठूलो अवसर भएको बताए। कोरोना भाइरसका विषयमा अनावश्यक आतंक फैलिएकाले यसबाट मुक्ति दिलाउनु पहिलो कर्तव्य भएको बताए।

इबोला र स्वाइफ्लु जस्ता महामारीहरु यसअघि पनि भोगेको उल्लेख गर्दै उनले कोरोना महामारीको आतंक मनबाट निकाल्नुपर्ने बताए।

प्रकाशित: २३ फाल्गुन २०७६ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App