१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'विकासका लागि पार्टीकरण नगर्न संकल्प'

भवनको शिलान्यास गर्दै मन्त्री घनश्याम भुसाल ।

भैरहवा- कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले विकासका लागि पार्टीकरण नगर्न संकल्प गरेको बताएका छन्। भैरहवामा लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरको भवन शिलान्यास गर्दै संघीय सरकार मन्त्री भुसालले उत्पादक क्षमताको विकास गर्ने कुरा राजनीतिले छोड्यो भने त्यो भ्रष्ट हुन्छ, विकास गर्ने कुरामा आफूले पार्टीकरण नगर्ने बताउदै पार्टी राजनीतिकरण नगरी समग्र नागरिक र क्षेत्रको उत्पादक क्षमता विकास गर्न साझा विकासको थलो बनाउने बताए।

कृषिमा विदेशी लगानी आकर्षित गर्न योजना बनाएको बताउदै कृषिबाट उद्यम डुब्दैन मिहीनेत खेर जादैन कृषि सुरक्षित छ भन्ने निती ,कार्यक्रम र गतिविधीहरुलाई निश्चित गर्र्नेे शंकल्प गरेको बताए। मन्त्रालय सम्हालेको दुइ सातापछि गलत ठाउँमा आए जस्तो लागे पनि कृषि मन्त्रालय र प्रधानमन्त्रीले १५–२० वर्षको कृषि लगानी गर्न राज्यले जिम्मेवारीपूर्ण रुपमा दिनुपर्छ कृषिमा सुरक्षित छ भन्ने मानसिकताको विकास गराउन योजनासहित लागेको बताए। नेपालमै नमुना काम न्युज फेस्टिबल गरेर लुम्बिनी प्रेस क्लबकाले तरङ्गनै ल्याएको बताउदै गलत कामलाई मिडिया मार्फत सचेत गराउन आग्रह गरे।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, फखरुद्दीन खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थ, पूर्व सांसद इस्तियाक अहमद खान, रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव, उद्योगी व्यवसायी संघसस्थाका प्रतिनिधिलगायतले पत्रकारले सत्य र यथार्थ कुरा बाहिर ल्याउनु पर्ने, मिडियाले शक्ति नभई सत्यको र व्यक्तिको नभई विचारलाई समेटनुपर्ने, आर्थिक–सामाजिक रुपमा भैरहवा अगाडी बढ्दै गएकाले सरकारको कमीकमजोरी र सकारात्मक कुरामा मिडियाले ध्यान दिनु पर्ने बताए।

सांसद घनश्याम भुसालको संसदीय विकास क्षेत्र कार्यक्रम अन्तर्गत ५० लाखको सहयोगमा बन्ने भवनमा कार्यालय, हल र पत्रकारको संंग्राहलय बन्ने क्लबका अध्यक्ष दिपेश पछाईले जानकारी दिए।

 

प्रकाशित: २८ माघ २०७६ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App