१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद : अध्यक्ष विजुक्छे

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद भएको बताएका छन्। नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात रहेको हुन सक्ने आशंका व्यक्त गरेका हुन्।

अमेरिकाले विभिन्न देशसँग आफूले विभिन्न तरिकाले जित्न नसकेपछि विभिन्न भाइरस र रोग फैलाउँदै विश्व राजनीति गर्दै आएको स्मरण गराउँदै यसको पछाडी पनि अमेरिकाको हात रहेको हुन् सक्ने बताए।

अध्यक्ष बिजुक्छेले चीनबाट फर्काउने विद्यार्थीलाई काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढ्ने भन्दै उपत्यका बाहिर राख्न सुझाव दिएका छन्। अध्यक्ष विजुक्छेले कोरोना भाइरस लागेका संक्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारी नभएको बताउँदै चीनले सो भाइरसको संक्रमणलाई प्रतिरोध गर्न तीव्र गतिमा काम गरिरहेकाले विद्यार्थीलाई नेपाल फर्काउनु वुद्धिमानी नहुने समेत उल्लेख गरे।

प्रकाशित: २६ माघ २०७६ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App