२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

भारतको गणतन्त्र दिवस मनाईयो

काठमाडौं- भारतको ७१औं गणतन्त्र दिवस मनाइएको छ। भारतीय राजदूतावास लैनचौरमा आयोजित एक कार्यक्रममा कार्यवाहक राजदूत डा. अजय कुमारले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाए।

उक्त अवसरमा कार्यवाहक राजदूतले १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना  निकटतम नातेदारलाई ५.९७ करोड नेपाली रुपैयाँ नगद तथा कम्मल वितरण गरी सम्मान गरे।             

उक्त अवसरमा राजदूतावासले नेपालका सबै प्रदेशमा रहेका विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक प्रदान गरेको छ। नेपालको सामाजिक आर्थिक विकासतर्फको यात्रामा नेपालसँग हातेमालो गर्ने भारतको प्रतिबद्वतालाई दोहोर्‍याउँदै राजदूतावासले नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० वटा एम्बुलेन्स तथा शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि वितरण गर्‍यो।

हालसम्म भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ७८२ एम्बुलेन्स तथा १५४ बस प्रदान गरेको छ।   

उक्त समारोहमा दूतावासका अधिकारी तथा उनीहरुको परिवारका साथै नेपालमा रहेका भारतीय समुदायका सदस्यहरु तथा शुभेच्छुकहरुको उपस्थिति थियो। केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीले गीतहरु प्रस्तुत गरेका थिए।      

आजनै कार्यवाहक राजदूतले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरे। नेपालका सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन सो समारोहको मुख्य अतिथिका रुपमा रहेका थिए।

प्रकाशित: १२ माघ २०७६ ०९:११ आइतबार

गणतन्त्र दिवस भारत