९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचन : प्रदेश ५ मा ३ सय ४ मतदाता

दाङ- बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको तयारी दाङमा पूरा भएको छ। बिहीबार बिहान १० बजेदेखि हुने मतदानको सबै तयारी पूरा भईसकेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ। निर्वाचनका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको प्रांगनमा मतदान हुनेछ।

पाँच नम्बर प्रदेशका प्रदेश सभा सदस्य र स्थानीय तहका उपप्रमुखले मतदान गर्ने यो निर्वाचनमा दुईवटा मतदान केन्द्र निर्धारण गरिएका छन्। प्रदेशसभा सदस्यहरुका लागि एउटा र स्थानीय तहका प्रमख उपप्रमुखका लागि अर्को मतदान केन्द्र तय गरिएका छन्। ‘प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि छुट्टा छुट्टै मतदान केन्द्र निर्धारण गरिएका छन्,’ जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले भने ‘निर्वाचनका लागि सबै तयारी पूरा भईसकेको छ।’

तीन जना प्रतिनिधि निर्वाचित हुने प्रदेश ५ बाट ९ जनाको उम्मेदवारी परेको छ। अन्य तर्फ ४ जना नेपाली कांग्रेसका बालकृष्ण पाण्डे, नेकपाबाट गोपाल भट्टराई, राष्ट्रिय जनमोर्चाबाट शिवप्रसाद पौडेल र समाजवादी पार्टीबाट कृष्णप्रसाद अहिर उम्मेदवार छन्। यसैगरि अपांगता तथा अल्पसंख्यक तर्फ तीन जना नेकपाबाट जगप्रसाद शर्मा, कांग्रेसबाट मेराज अहमद हलवाई र समाजवादीबाट सुनिलकुमार सिंगल चुनावी प्रतिष्पर्धामा छन्। यसैगरि महिला तर्फ २ जना नेकपाबाट बिमला घिमिरे र कांग्रेसबाट गिरिजादेवी न्यौपाने चुनावी प्रतिष्पर्धामा छन्।

अन्य, अपांगता÷अल्पसंख्याक तथा महिलाबाट एक÷एकजना निर्वाचित हुने छन्। माघ ९ गते दाङमा हुने प्रदेश नम्बर ५ को राष्ट्रियसभा निर्वाचनमा ३ सय ४ मतदाताले मतदान गर्ने छन्। कुल मतदाता ३ सय ५ रहे पनि कांग्रेसका प्रदेशसभा सदस्य बलदेब शर्मा पौडेलको केहि दिनअघि निधन भएपछि मतदाता संख्या ३ सय ४ हुने भएको हो।

८६ जना प्रदेशसभा सदस्य र प्रदेशका कुल १ सय ९ स्थानीय तहका प्रमुख उपप्रमुख २ सय १८ जनाले यो निर्वाचनमा मतदान गर्ने छन्। प्रदेशसभा सदस्यहरुको मतभार ४८ हुने छ भने स्थानीह तहका प्रमुख उपप्रमुखको मतभार १८ हुने छ। यसरी प्रदेश नम्बर ५ को कुलमत भार ८ हजार १ सय हुने छ।

 

प्रकाशित: ८ माघ २०७६ ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App