२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सभामुखमा अग्नि सापकोटाको उम्मेद्वारी दर्ता

काठमाडौं– सत्तारूढ नेपाल  कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्नि सापकोटाले सभामुखका लागि उम्मेद्वारी दर्ता गरेका छन्। मंगलबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेर सापकोटाले मनोनयन दर्ता गराएका हुन्।

सापकोटाको प्रस्तावकमा सुवास नेम्वाङ र समर्थकमा ओनसरी घर्तीमगर, देव गुरुङ र लक्ष्मण लाल कर्ण रहेका छन्। नेकपाको आइतबार बसेको सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। सभामुखमा काँग्रेसले भने उम्मेदवारी नदिने भएको छ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार राजीनामा दिएकी थिइन्। संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका थिए। पूर्वसभामुख महारा पुर्पक्षका लागि थुनामा छन्। सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ।

प्रकाशित: ७ माघ २०७६ ०६:५४ मंगलबार

नेकपा सभामुख अग्नि_सापकोटा