१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश १ मा लोकसेवा आयोग गठन

विराटनगर - प्रदेश १ मा प्रदेश लोकसेवा आयोग गठन भएको छ। प्रदेश प्रमुख समक्ष प्रदेश  लोकसेवा आयोगका अध्यक्षसहितका पदाधिकारी नियुक्त गर्न तीन जनाको नाम सिफारिस गरिएकाे हो। आयोगको अध्यक्षमा खोटाङका उत्तमकुमार भट्टराईको नाम सिफारिश भएको छ। उनी अवकाश प्राप्त सचिव हुन्। मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीप भण्डारी र मुख्य विपक्षी काँग्रेस संसदीइ दलका नेता राजीव कोइराला रहेको समितिले नाम सिफारिश गरेको हो।

सदस्यमा  टिकादत्त राई र सजना दाहाल (सीमा आभाष) को नाम  सिफारिस भएको छ।   राई प्रदेश १ मुख्यमन्त्री कार्यालयका उपसचिव हुन्। आयोगमा नियुक्ति पाउने भएसंगै उनले राजिनामा दिएका छन्। आयोगमा  सिफारिस भएमध्ये दाहाल कांग्रेसको कोटाबाट सदस्य भएकी हुन। सीमा आभाषका नामबाट उनी लेखन क्षेत्रमा स्थापित छन्।  

प्रकाशित: ६ माघ २०७६ १०:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App