११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीसंग राजदूत पुरीको बिदाई भेट

काठमाडौं– भारतीय राजदूत मन्जीव सिंह पुरीले राष्ट्रपति विद्यादेवि भण्डारी तथा प्रधानमन्त्री केपि शर्मा ओलीसंग बिदाई भेट गरेका छन्।

मंगलबार पुरीले राष्ट्रपति भण्डारीलाई शिलत निवासमा र प्रधानमन्त्री ओलीलाई बालुवाटारमा छुट्टाछुट्टै भेट गरेका हुन्।
भेटमा नेपाल र भारतसम्बन्धका विविध पक्षबारे चर्चा भएका थिए।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले राजदूत पुरीलाई धन्यवाद ज्ञापन समेत व्यक्त गरेकी थिइन्। 

तीन वर्षे कार्यकाल पुरा गरी पुरी आगामी हप्ता भारत फर्कदैं छन्। उनी मार्च २०१७ बाट राजदूतका रुपमा नेपालमा आएका हुन्। 

 

प्रकाशित: ८ पुस २०७६ ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App