११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

धरान ७ को नतिजामा विवाद, पुनः गणनाको माग गर्दै कांग्रेसद्वारा नाराबाजी

धरान - धरानको वडा नम्बर ७ को अध्यक्ष पदको मतपरिणाममा विवाद उत्पन्न भएको छ। मतगणना सकिदा नेकपाबाट अध्यक्षका उम्मेदवार जीवनराम सुवेदी १ मतले अगाडि देखिएको थियो। तर, नेपाली कांग्रेसले बदर भएको २ मतलाई मुख्य निर्वाचन अधिकृतले सदर गरेर जिताएको भन्दै कांग्रेसले विरोध गरिरहेको छ। कांग्रेसले वडा नं ७ को पुनः गणनाको माग गर्दै लिखित निवेदन दिएका छन्। यो विवादले अन्तिम मतपरिणाम घोषणा हुन सकेको छैन।

अहिले मतगणनास्थलभित्रै नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुले नाराबाजी पनि गरिरहेका छन्। वडा नं ७ को मतणना अनुसार नेकपाका उम्मेदवार सुवेदीको पक्षमा ६२२ मत छ भने कांग्रेसका प्रत्यासी सुवर्णमोहन पलिखेको पक्षमा ६२१ मत रहेको छ।

प्रकाशित: १६ मंसिर २०७६ ०५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App