१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पर्साको सखुवा पर्सौनी ५ मा समाजवादीका उम्मेद्वार विजयी

बीरगन्ज - पर्सा जिल्लास्थित सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ (महुवन सोलखपुर) को वडा अध्यक्ष पदका लागि भएको उप निर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार बिजयी भएका छन्। समाजवादीका रूपलाल यादवले १०३१ मत ल्याउँदै विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका अशेश्वर यादवले ८१९ मत प्राप्त गरे। नेपाल कम्युनिस्ट पार्टीका दयाशंकर रौनियारले २३२ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार दिनेश साहले १६ मत। त्यहाँ २२ वटा मत बदर भएको छ।

प्रकाशित: १५ मंसिर २०७६ ०१:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App