प्यूठान- प्यूठानका तीन वडामा भएको मतदानमा कुल ६६ प्रतिशत मत खसेको छ । प्यूठान नगपालिका २ तथा ऐरावती गाउपालिका १ र २ वडामा भएको मतदानमा कुल ६६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन् अधिकृत विष्णु गौतमले जानकारी दिए ।
प्युठान नगरपालिका २ माकुलमा ३ हजार २१ मतदाता मध्ये १ हजार ९ सय ९५ अर्थात ६५ प्रतिशत, ऐरावतीको १ मा २ हजार ५ सय ४५ मतदाता मध्ये १ हजार ३ सय ९६ अर्थात ५४ प्रतिशत र २ नम्बर वडामा २ हजार ७ सय ८० मतदाता मध्ये १ हजार ७ सय ४० अर्थात ६१ प्रतिशत मत खसेको निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिए । प्युठानमा आइतबार बिहानबाट मतगणना गर्ने तयारी छ ।
त्यस्तै गुल्मीको रुरुक्षेत्र गाँउपालिका वडा नं. ६ को सम्पन्न मतदानामा ६१ प्रतिशत मत खसेको छ । कुल २ हजार ४८ मत मध्ये १ हजार २५० मत खसेको निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जानाकारी दिए ।
प्रकाशित: १४ मंसिर २०७६ १४:२१ शनिबार