९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

मध्यरात १२ बजेपछि मत परिणाम आउनेछन्ः निर्वाचन आयोग

काठमाडौं- शनिबार भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले निष्कर्ष निकालेको छ ।

निर्वाचन आयोगले शनिबार साँझ पत्रकार सम्मेलन गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले केहि स्थानमा भएको छिटपुट घटना बाहेक उपनिर्वाचन भएका सम्पूर्ण क्षेत्रमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए ।

निर्वाचन सम्पन्न भएका प्रतिनिधि सभा र प्रदेश सभा बाहेक स्थानीय तहको मतगणना र परिणाम राति १२ बजेपछि आउन थाल्ने पनि बताए । प्रमुख आयुक्त थपलियाले निर्वाचन पर्यवेक्षणमा खटिएका पर्यवेक्षकहरुले पनि निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको प्रारम्भिक प्रतिवेदन दिएको बताए ।

सबै स्थानको मतपरिणाम भने सोमबारसम्ममा सार्वजनिक हुने निर्वाचन आयोगले बताएको छ । शनिबार उपनिर्वाचनका क्रममा जम्मा ३७ जिल्लाका ५२ निर्वाचन क्षेत्रमा मतदान भएको छ । तर रोल्पाको थवाङ गाउँपालिका–१ मा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा भने १६.४ प्रतिशत मात्रै मतदान भएको छ । कूल १ हजार २ सय ७४ मतदाता रहेको थवाङ्गमा २ सय ९ मत मात्रै खसेको छ ।

प्रकाशित: १४ मंसिर २०७६ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App