६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

थबाङमा नेकपाका उम्मेदवार वडाध्यक्षमा विजयी

रोल्पा- रोल्पाको थबाङ १ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार जनक बहादुर बुढामगर विजयी भएका छन्। उनले १ सय ७४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका कमल बहादुर रोकाले २६ मत ल्याए भने ९ मत बदर भएको छ ।

शनिबार रोल्पाको थबाङमा भएको उपनिर्वाचनमा १६ प्रतिशत मात्र मत खसेको थियो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश रमेश प्रशाद ज्ञवालीका अनुसार १ हजार २ सय ७४ मतदाता रहेको यहाँ २ सय ९ मत खसेको हो । ११२ महिला र ९७ पुरुषले मतदान गरेका थिए ।

निर्वाचन तनाव र त्रासका बिचमा सकिएको थियो । मतदाता मतदान गर्न नआएपछि सुरक्षाकर्मीले स्कटीङ गरेको भन्दै स्थानियले ढुंगामुढा समेत गरेका थिए । बिहानैदेखि सुनसान मतदान स्थल बेलुका सम्म पनि सुनसान जस्तै थियो ।

बाक्लो सुरक्षा घेराका बीचमा सम्पन्न निर्बाचन केन्द्रमा बिहानैदेखि नै मतदाता थिएनन् । नेकपाले विप्लव कार्यकर्ताले मतदाता रोकेको आरोप लगाएको छ ।

प्रकाशित: १४ मंसिर २०७६ १३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App