१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

विकासको कामलाई गति नदिए लभरको निम्ति यहिँ आएर आन्दोलन गर्छु– प्रचण्ड

निजगढ कार्यक्रममा सहाभगी भएका प्रचण्डलगायत नेताहरु । तस्बिरः नागरिक

बारा– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माणको कार्यलाई अगाडि बढाएर देशलाई सम्वृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन्। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश २ ले मंगलबार निजगढमा आयोजना गरेको प्रदेश २ का राष्ट्रिय गौरवको आयोजनाको गतिशिलताको लागि जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विकास निर्माणको कामलाई गति नदिए सह्य नहुने बताए।

सरकारले विकास निर्माणको काममा तिब्रता नदिलाएमा आफु आन्दोलन र अनसन गर्न तयार रहेको बताए। ‘तराई–मधेसका जनतासँग मेरो लभ परेको छ भनेर मैले भनेको छु,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने–‘विकास निर्माणका कामलाई गति नदिने हो भने लभरको निम्ति म यहिँ आएर आन्दोलन तयार छु।’

तराई मधेसको २ नम्बर प्रदेशमा अहिले विकास निर्माणका कामहरु केन्द्रित गर्ने कुरामा पार्टी र सरकारको विशेष रुपमा ध्यान गएको अध्यक्ष प्रचण्डले बताए। ‘अब नेकपाको जिम्मेवारी आएको छ,’ अध्यक्ष प्रचण्डले भने–प्रदेश २ का जनताको सम्वृद्धिको यात्रामा सम्पूर्ण ध्यान केन्द्रित छ।’

विकास निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवार्ही गरिनेसमेत उनले बताए। ‘कयौं ठाउँमा ठेकेदारहरुले काम नगर्दा, ढिला सुस्ती गर्दा  धेरै समस्या  परेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘ठेकेदारले काम युद्ध स्तरमा गर्दैनन् भने तिनलाई  कारवार्ही गर्नुपर्छु।’

तराई मधेसको जनता ईतिहासदेखि नै परिवर्तनका, प्रगति, नेपाल राष्ट्रको सुरक्षाका, राष्ट्रियताको लागि  आन्दोलन गरेर देशमा ठुलोे योगदान गरेको अध्यक्ष प्रचण्डले बताए।

प्रकाशित: १० मंसिर २०७६ १६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App