१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

माधव नेपालको प्रश्न : सरुवा, बढुवा र नियुक्तिमा किन घुस ?

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरुवा बढुवा र नियुक्तिमा घुस खाने गलत प्रवृत्ति मौलाएको बताएका छन्।  

नेता, मन्त्रीहरु आफैं पनि यस्ता क्रियाकलापमा लाग्दा मुलुक विग्रिएको उनको भनाई छ। 'कर्मचारीको नियुक्तीमा घुस, सरुवामा घुस, बढुवामा घुस। नेता, मन्त्री, कर्मचारी को को संलग्न छन्। यीनै संलग्न भएकाले सबै विगारेका छन्', सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालको भने, 'यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ।’

वरिष्ठ नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भईरहेको उल्लेख गर्दै कडा कारबाही गर्न पनि सरकारसँग माग गरे। स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाईरहेकाले सरकारले उनीहरुमाथि कडा कारबाही गर्नुपर्ने उनको भनाई छ। उनले मुलुकमा लुट मच्चाउनेहरुको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

बरिष्ठ नेता नेपालले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

 

 

 

प्रकाशित: २ मंसिर २०७६ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App