६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘कम्युनिष्ट पार्टीले जनमतको दुरुपयोग गरेः पौडेल

पाँचथर– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार अधिनायवादतर्फ उन्मुख हुँदै गएको आरोप लगाउँदै आसन्न उपनिर्वाचनमा सरकारविरुद्ध जनमत तयार गर्न आवश्यक रहेको बताएका छन्।

कम्युनिष्टको शासन असफल भइसकेकोले देशभर कम्युनिष्टका उम्मेद्वारलाई हराएर सन्देश दिनु पर्ने आवश्यकता रहेको उनको भनाई छ। पूर्व भ्रमणमा निस्किएका पौडेलले सोमबार नेपाली काग्रेस फिदिम वार्ड न. १ ले फिदिम बजारमा आयोजिते चुनावी कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन।

‘कम्युनिष्ट पार्टीले जनताले दिएको मतको दुरुपयोग गरेको छ। यस पल्ट सबक सिकाउन आवश्यक छ। सशासन दिन नसकी जनतालाई दुख दिएका छन्। विकास र समृद्धिको बाटो भत्किन थालेको छ। यो एउटा व्याक्तिको चुनावमात्र हैन गलत काम गर्न नदिन जनमत सृजना गर्ने अवसर हो’ पौडेलले भने ‘कम्यूनिष्टले न्यान दिन सकेनन्। पक्षपाती व्यवहार भयो। लगानीकर्ता, दाताहरु भाग्न थालेको यो अवस्था छ। कम्युनिष्टका उम्मेद्वारलाई हराएर सन्देश दिन आवश्यक छ।’

कोणसभामा बोल्दै काग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले कम्युनष्टि नभई कमाउनिष्ट पार्टी तर्फ उन्मुख भएको आरोप लगाए। सरकारले काण्डै काण्ड मच्चाएको दाबि गर्दै पाण्डेले जनताले लोकतन्त्रको सुखद अनुभुति गर्न नपाएको बताए। कोणसभालाई जिल्ला सभापति नरेन्द्रकुमार केरुङ लगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: २ मंसिर २०७६ ०८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App