७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

समाजवादीको बैठक अजेन्डा ‘सरकार छाड्ने’

काठमाडौं – समाजवादी पार्टीको अब बस्ने केन्द्रीय समिति बैठकको मुख्य अजेन्डा वर्तमान सरकारबाट बाहिरिने वा रहिरहने भन्ने रहेको छ। कात्तिक २८ देखि ३० गतेसम्मका लागि बोलाइएको केन्द्रीय समिति बैठकको मुख्य विषय नै सरकार छाड्ने विषयमा राखिएको हो।

बैठकको अन्य अजेण्डाबारेमा छलफल गर्न सोमबार पार्टीको पदाधिकारी बैठक बोलाइएको छ। उक्त बैठकले केन्द्रीय समितिको बैठकबारेमा तयारी गर्न पार्टीका उपाध्यक्ष रेणु यादवले जानकारी गराइन्। केन्द्रीय सदस्य अशोक यादवले कात्तिक मसान्तमा बोलाइएको बैठकले सरकार छाड्ने/नछाड्ने विषयलाई टुंगो लगाउने बताए। उनले भने, ‘बैठकमा सरकार छाड्ने/नछाड्ने विषयमा गम्भीर छलफल हुने भएको छ। यस विषयलाई बैठकमा अजेण्डा बनाइएको छ।’ सरकार छाड्ने/नछाडने विषयमा बराबरी सम्भावना रहेको उनले बताए।

सरकारले गरेको प्रदेश प्रमुख बर्खास्ती र नयाँ नियुक्त गरेको विषयमा प्रधानमन्त्री केपी ओली र समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवीच सम्बन्ध चिसिएको छ। सरकारले ७ ठाउमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्दा एक ठाउँमा पनि समाजवादी पार्टीका नेतालाई नराखिएको समाजवादी पार्टीका नेताहरू बताउछन्। वखास्तीमा परेका ७ वटा प्रदेश प्रमुख मध्ये एक जना प्रदेश प्रमुख तत्कालिन संघीय समाजवादी फोरमका नेता हुन्। उनको ठाउँमा पार्टीबाट कसैलाई नल्याइएको समाजवादी पार्टीका नेताको गुनासो छ।

पार्टी स्रोतका अनुसार तत्काल सरकार छाड्ने मनस्थितिमा पार्टीका कार्यकारिणी समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यावव छैनन्। पार्टी सरकारबाट बाहिरिनुअघि सरकारलाई संविधान संशोधनको अजेन्डा कार्यान्वयन गर्न सरकारलाई समय सीमा राखी एकपटक फेरि चेतावनी दिने र त्यसपछि पनि संविधान संशोधनको अजेण्डामा काम नभए सरकार छाड्ने पक्षमा यादव रहेको यादवनिकट एक नेताले बताए। तर तत्कालीन नयाँ शक्तिका नेताहरू तथा समाजवादी पार्टीका राष्ट्रिय परिषद्का अध्यक्ष बाबुराम भट्टराई भने तत्काल पार्टी सरकारबाट बाहिरिनुपर्ने अडानमा छन्। तत्कालीन नयाँ शक्ति र संघीय फोरमबीच एकीकरण हुनुअघि तत्कालिन फोरमले संविधान संशोधनको अजेण्डा पूरा गर्न सरकारलाई स्मरणपत्र बुझाएका थियो।

प्रकाशित: २५ कार्तिक २०७६ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App