५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नेमकिपाले तोक्यो प्रदेश संयोजक

भक्तपुर - सातौ महाधिवेशनपछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) केन्द्रीय समितिको मंगलबार बसेको पहिलो बैठकले प्रदेश संयोजक तोकेको छ। पार्टीले सातवटा प्रदेशमा सात संयोजक तोकेको हो।

पार्टी अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुरमा मंगलबार भएको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रदेश नं १ को संयोजकमा उकेश कवां, प्रदेश नं २ मा सुरेन्द्रराज गोसाई, प्रदेश नं ३ मा प्रेम सुवाल, प्रदेश नं ४ मा डिल्लीप्रसाद काफ्ले, प्रदेश नं ५ मा हरिसुन्दर बासी, प्रदेश नं ६ मा सरोजराज गोसाई र प्रदेश नं ७ मा नन्दबहादुर शाहीलाई प्रदेश संयोजक तोकेको जनाइयो।

वैठकले पार्टी अध्यक्ष विजुक्छेंको अध्यक्षतामा पाँंच सदस्यीय केन्द्रिय सचिवालय पनि गठन गरेको सम्मेलनमा जनाइयो। अध्यक्ष विजुक्छेंको अध्यक्षतामा प्रेम सुवाल, मोहनप्रसाद प्रजापति, सुनिल प्रजापति र नन्दबहादुर शाही सम्मिलित केन्द्रिय सचिवालय गठन गरेको छ।

अध्यक्ष विजुक्छेंले अधिवेशनबाट निर्वाचित केन्द्रिय पदाधिकारीमध्येबाट पद विभाजन पनि भएको जानकारी दिए। पार्टी सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापति तोकिएको छ। यसअघि अधिवेशनले विजुक्छे अध्यक्ष र बाँंकी सबै पदाधिकारी केन्द्रीय सदस्यमा मात्रै निर्वाचित गरेको थियो।

पाार्टीको पहिलो बैठकले केन्द्रीय सदस्यमा एकजना र वैकल्पिक केन्द्रिय सदस्यहरुमा दुईजना मनोनित गरेको जनाएको छ। केन्द्रीय सदस्यमा रवीन्द्र ज्याख्व र वैकल्पिक केन्द्रीय सदस्यमा राजेन्द्र चवाल र नारायणबहादुर दुवाल मनोनित गरेको सम्मेलनमा जानकारी दिइयो। यसअघि सम्पन्न पार्टीको सातौ महाधिवेशनले विजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो।

२०३१ सालमा स्थापित पार्टीको सातांै महाधिवेशनसम्म पनि विजुक्छें नै लगातार सर्वसम्मत अध्यक्षमा चुनिंँदै आएका छन्। पार्टी महाधिवेशनले केन्द्रीय कार्यसमिति सदस्यमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काप्mले, नवराज कोइराला, जग्यबहादुर शाही निर्वाचित गरेको थियो।

साथै सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुग, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह सदस्यमा निर्वाचित भएका थिए। साथै अधिवेशनले कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक सदस्यमा निर्वाचित गरेको थियो।

प्रकाशित: ८ आश्विन २०७६ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App