१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

आगामी चुनावमा राप्रपा सबैभन्दा ठूलो दलः अध्यक्ष थापा

मकवानपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले आगामी चुनावमा जनताले राप्रपालाई सबैभन्दा ठूलो दलको रुपमा चुन्ने बताएका छन्। गृह जिल्ला मकवानपुरको हेटौंडामा सोमबार प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेपछि पूर्व उपप्रधानमन्त्री थापाले कम्युुनिष्ट र कांग्रेसले जनसेवा भन्दा लुटतन्त्र मच्चाएकाले राप्रपा वैकल्पिक शक्तिको रुपमा उदाउने दाबी गरे।

‘चाहे बेरोजगारी समस्याको कुरा होस्, चाहे धार्मिक–सांस्कृतिक र राष्ट्रिय कमजोर पार्ने कुरा होस्, कम्यूनिष्ट सरकार असफल भईसक्यो, प्रमुख प्रतिपक्षी कांग्रेस पनि असफल भएको छ,’ उनले भने, ‘नीतिगत र व्यवस्थागत कमीकमजोरी सच्याएर लैजान सक्ने नयाँ शक्ति जनताले खोजिरहेका छन्।’

आम नागरिक अहिलेको अवस्थाबाट सन्तुष्ट नरहेको भन्दै उनले जनचाहना अनुसार राप्रपा सशक्त ढंगले अघि बढ्नुपर्ने अवस्था आएको बताए।

राप्रपासँग एजेण्डा मिल्ने दलहरुसँग एकताको प्रयास भईरहेको भन्दै चाँडै एकता हुने पनि खुलासा गरे। आगामी पुसभित्र देशका सबै तहको वडा, स्थानीय तह र जिल्लामा राप्रपाको गठन, पुनर्गठन गर्ने बताउँदै उनले २०७७ जेठभित्र महाधिवेशन गर्ने तयारी गरेको पनि बताए। 

‘राजनीतिको निहुँमा चुनाव जितेर ब्रम्हलुट गरिरहेका छन्, यही कारणले ब्यापारी, ठेकेदारहरु चुनावी मैदानमा छन्,’ उनले भने, ‘जनताको सेवा गर्छु भन्ने ईमान्दार, त्यागी नेताहरुले चुनाव जित्न सक्ने अवस्था छैन।’ वडा अध्यक्षदेखी सांसदहरुको चुनावमा ठेकेदार, ब्यापारीहरुलाई पार्टीले टिकट दिन थालेको दाबी गर्दै उनले उनीहरुकै कारण लाखौं–करोडौं खर्च हुन थालेको बताए।

जनप्रतिनिधीहरुले ट्रिपर, जेसीभी किनेर आफैं ठेक्का–पट्टा लिई रहेको भन्दै उनले प्रश्न गरे, ‘यही हो परिवर्नत ?, यही हो प्रजातन्त्र ? १७ हजार नेपाली मर्ने–मार्ने यसैका लागि भएको थियो?’ नेपालमा डरलाग्दो रुपमा भ्रष्टाचार बढेको भन्दै उनले प्रमुख दलहरु र सत्तारुढ दलका कारण देशको अर्थतन्त्र कमजोर बन्दै गएको बताए।
पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दलितहरु हिन्दु धर्मको कारण पछि परेको अभिव्यक्ती दिएकोप्रति उनले रोष प्रकट गर्दै अभिव्यक्ति कानुनी रुपमा दण्डनीय भएको बताए। ‘बाबुराम भट्टराईको अभिव्यक्तिले धार्मिक र जातीय दन्द्व निम्त्याउन खोजेको छ,’ उनले भने।

कार्यक्रममा राप्रपाका सहायक मन्त्री भक्ति सिटौला, राजाराम बर्तौला, राप्रपाकी प्रदेश सांसद रीता माझी लगायतले पनि समसामयिक बिषयका धारणा व्यक्त गरेका थिए।

प्रकाशित: २३ भाद्र २०७६ १४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App