२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सकियो कांग्रेसको प्रशिक्षण

भक्तपुर - नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रदेश ३ का महाधिवेशन प्रतिनिधिका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शनिबार भक्तपुरमा सम्पन्न भएको छ। कांग्रेस जिल्ला समिति भक्तपुरको संयोजनमा भक्तपुरको मध्यपुर थिमि बोडेमा भएको भएको कार्यक्रममा प्रदेश ३ का सात जिल्लाका करिब तीन सय महाधिवेशन प्रतिनिधिको सहभागिता थियो।

काठमाडौं, ललितपुर, भक्तपुरसहित काभ्रेपलान्चोक, दोलखा, रामेछाप, र सिन्धुपाल्चोक जिल्लाका महाधिवेशन प्रतिनिधिको प्रशिक्षणमा सहभागिता रहेको थियो। समापन कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष विमलेन्द्र निधिले प्रशिक्षण कार्यक्रमबाट पार्टीलाई थप सुधृढ बनाउन बल पुग्ने विश्वास व्यक्त गरे। पार्टीको राष्ट्रिय जागरण अभियानले पार्टीलाई थप बलियो बनाउने उनको भनाइ थियो। कार्यक्रममा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले गुट उपगुट नभई सिंगो पार्टीलाई एकताबद्ध बनाएर लान सकिए कांंग्रेसलाई कसैले हराउन नसक्ने बताए।

यसअघि कार्यक्रमको उदघाटन शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले गरेका थिए। उनले निर्वाचनमा अन्तरघात गरेर पार्टीका उम्मेदवारहरुलाई हराउनेमाथि कारबाही गर्ने बताएका थिए। बरु पार्टी सभापति छोड्न तयार भएको तर पार्टीलाई अन्तरघात गर्नेलाई कुनै हालतमा बाँंकी नराख्ने बताएका थिए। कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायतले पनि पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: २२ भाद्र २०७६ ०१:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App