५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सामाजिक सञ्जाल मुलधारको मिडिया होइनः मन्त्री बाँस्कोटा

फाइल तस्बिर

रुपन्देही– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल मूलधारको सञ्चार माध्यम नभएकाले त्यसमा आएका सूचनालाई सरकारले आधिकारिक नमान्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमा पछिल्लो समय देखा परेको विकृतितर्फ संकेत गर्दै त्यस्ता सूचनाले समाजको अगुवाई नगर्ने र गर्न नहुने बताए। प्रेस संगठन नेपालले आइतबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले आम सञ्चार माध्यमलाई सामाजिक सञ्जाल जस्तो बनाउन नहुने बताए। 

उनले सामाजिक सञ्जालका नाममा हुने भिडका पछि दगुरेर काँही पनि नपुगिने भन्दै सरकारले सामाजिक सञ्जाललाई दर्ता नगरी सञ्चालन गर्न नदिने बताए। ‘यूटुबमा ब्रुक बु्रक उफ्रेर हुँदैन, अदालती प्रक्रियामा रहेको बिषय उसैले टुंगो लगाउछ’, मन्त्री बाँस्कोटाले भने। रवि लामिछानेलाई प्रहरी प्रमुखले सामाजिक सञ्जालकै आधारमा भेटेको प्रसंगबारे पत्रकारले जिज्ञासा राखेपछि उनले भने ‘न्याय प्रणाली कहीँबाट पनि प्रभावित हुँदैन।’ 

उनले लोकतन्त्र भनेकै कानुनी राज भएको बताउँदै सही कुरा लेख्दा कसैले कारवाही नगर्ने बताए। उनले सरकारले सामाजिक सञ्जाल दर्ता विना सञ्चालन हुन नदिने कानुन बनाइरहेको बताए। उनले मिडिया काउन्सील विधेयक, तथा सूचना प्रविधि सम्बन्धी विधेयक पारित भएरै छाड्ने समेत बताए। 

प्रकाशित: ८ भाद्र २०७६ १५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App