१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्न पाइँदैनः मन्त्री भट्टराई

पाँचथर– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले संविधानलाई सबैलाई ठाउँ दिए पनि संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध जाने कुनै पनि कुरा स्वीकार्य नहुने बताएका छन्।

संविधान विरोधी गतिविधि, हिंसा, आतंकलाई नस्वीकार्ने र हिंसा, आतंक मच्चाएर दशकौं पछाडि धकेल्ने कुचेष्टा सैह्य नहुने उनको भनाई छ। जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्ला सभा उद्घाटन समारोहमा मन्त्री भट्टराईले राजनीतिक उपलब्धी हासिल भइसकेकाले अब विकासको बाटामो अघि बढ्नु पर्ने बताए।

जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई गफमा होइन ग्राफममा काम देखाउन आग्रह गरे। ‘अब नेपालमा कुनै पनि राजनीतिक दलहरु सत्रु छैनन्, विश्वका सबै देश मित्रराष्ट्र हुन्। आज नेपालमा केही दुश्मनी छ भने त्यो अविकास, अशिक्षा, बेरोजगारी, गरिबी हो’, भट्रराईले भने, ‘सामाजिक विभेद हट्दै गएको छ। तर पूर्ण सामाजिक समानतामा पुग्न सकेका छैनौँ।’ 

वैदेशिक लगानीको महत्वपूर्ण बातावरण बनेको भटराईको भनाई छ। ठूला योजनाहरु अघि बढेकाले विकासले गति पाउने उनको दाबी थियो। मेचीका पहाडी जिल्लामा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो।

प्रकाशित: ७ भाद्र २०७६ १०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App