११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मरिहालोस् भन्नेलाई अस्तित्व रक्षाका लागि तयारी थाल्न प्रधानमन्त्रीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यका बारेमा गतल प्रचार गरिएको बताएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा बौल्दै विरोधीले आफुलाई मरिहालोस् भनेर प्रचार गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौति दिए। उनले आफू अझै १५ वर्ष मैदानमै रहने उद्घोष पनि गरे।

उनले भने 'अचम्म लाग्छ। विरोधीहरु कति कमजोर भएछन् भने। ऊ बाँचोस् तै पनि मुकाविला गर्छु भन्ने छैन। मरिहाले देखि हुन्थ्यो भनेर। मलाई यस्ता प्रवृत्तिसंग केही भन्नु छैन। मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न भन्न चाहन्छु। आउँदो चुनाव टफ हुनेछ। अस्तित्व रक्षाको लडाई अहिलेदेखि नै सुरु गरे हुन्छ।'

यो मैले किन भनेको भनेँ, मरिहालोस् भनेर खुब प्रचार गर्या हुनाले फेरी निरास होलान् पछि भनेर। धेरै निरास नहुन् भनेर। अझै १५ बर्ष अखडामा हुन्छु। त्यसकारण पूजा अर्चना , प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ।'

केही दिन अघि सिंगापुर गएर स्वास्थ्य परीक्षण गराई स्वदेश फर्किएका प्रधानमन्त्री ओली बिहिबार फेरी उपचारका लागि नै सिंगापुर जादै छन्।

प्रकाशित: ४ भाद्र २०७६ ०६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App