३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन उपप्रधानमन्त्री पाेखरेलकाे आह्वान

फाइल फाेटाे

काठमाडाैं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन आह्वान गरेका छन्।

उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउन उत्पादन वृद्धि हुनेगरी गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारीहरुलाई सचेत गराए। नेपाल निजामती कर्मचारी संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा जोड दिनुपर्ने भएकाले त्यसमा केन्द्रित हुने गरी आफ्ना गतिविधि अघि बढाउन पनि कर्मचारीलाई अग्रसर हुन आग्रह गरे। बदलिँदो परिवेश अनुसार अघि बढेर मुलुकमा गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारीहरु लागिपर्नुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ।

उपप्रधानमन्त्री पोखरेलले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा कर्मचारीहरुले खेलेको भूमिका उल्लेखनीय रहेको पनि स्मरण गराए। उनले अव कर्मचारीहरुले परिवर्तित सन्दर्भ अनुसार अघि बढन सक्नुपर्ने पनि बताए।

प्रकाशित: १५ श्रावण २०७६ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App