११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

बाढी, पहिरो र डुबानबाट पीडितलाई राहतको व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं– राष्ट्रिय जनता पार्टी, नेपालले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजकिशोर यादवले बुधबार प्रतिनिधिसभा बैठकमा पेश गरिएको ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ को समर्थन गर्दै वर्षात पीडितका लागि तत्काल उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। उनले तराईमा सधै आउने डुबानको समस्या समाधान गर्न पूर्व तयारी गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे। ‘अहिले पनि सरकारले झारा टार्ने काम गरिएको छ’, संयोजक यादवको भनाई थियो, ‘पीडितलाई राहत दिन सरकार गम्भीर बन्नुप-यो।’

संयोजक यादवले तराई, मधेशको डुवानबाट पीडित भएकाहरुलाई राहतका लागि सरकारलाई सहयोग गर्न जनप्रतिनिधिको रुपमा आफूहरु तयार रहेको पनि बताए। उनले पहाडमा वर्षेनी आउने पहिरो र तराईमा हुने डुबानको समस्या समाधान गर्न सरकारले संवेदनशीलता नदेखाएको आरोप पनि लगाए। उनले बाढी, पहिरो र डुबान पीडितलाई राहत विवरणका लागि प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गर्न पनि सरकारलाई सचेत गराए।

प्रकाशित: ८ श्रावण २०७६ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App