१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ढिलाइ गर्ने कर्मचारीलाई दण्ड सजायकाे व्यवस्था गर्न माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाका सांसदद्वय झपट रावल र देवेन्द्रराज कँडेलले सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही हुने गरी कानुनी व्यवस्था गर्न माग गरेका हुन्।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा उनीहरुले यस्तो माग गरेका हुन्।

नेकपा सांसद रावलले समयमा काम नगर्ने कर्मचारीलाई कडा दण्ड सजायको व्यवस्था नगर्ने हो भने सेवाग्राहीहरूले विगतमा भन्दा बढी सास्ती बेहोर्नुपर्ने अवस्था आउनेतर्फ पनि सरकारलाई सचेत गराए।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद कँडेलले सेवाग्राहीको काम समयमा नगरे त्यसको क्षतिपूर्ति सम्बन्धित कर्मचारीबाट असुल गर्ने कानुनी व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले कर्मचारीहरूले आफ्नो जिम्मेवारी सहज ढंगले पूरा नगरे कडा कारबाहीको व्यवस्था गर्नुपर्ने माग पनि सरकारसँग गरे।

सांसद कँडेलले कर्मचारीहरूलाई आफ्नो दायित्व पूरा नगरे कारबाही गर्ने कानुनी व्यवस्था नभएकै कारण मुलुक भ्रष्टाचारको दलदलमा फसेको पनि स्मरण गराए।

प्रकाशित: ३ श्रावण २०७६ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App