४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विनियोजन विधेयक बहुमतले पारित

राष्ट्रिय सभा बैठकमा हात उठाएर विनियोजन विधेयक बहुमतले पारित गर्दै सांसदहरू । तस्बिरः दीपेश श्रेष्ठ/नागरिक

काठमाडौं – राष्ट्रिय सभा बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको छ। सरकारले बजेट भाषणमार्फत् प्रस्ताव गरेको आगामी आर्थिक वर्षको आयव्यय समेटिएको विनियोजन विधेयक आज बसेको राष्ट्रिय सभाको बैठकले बहुमतले पारित गरेको हो।

सरकारले गएको जेठ १५ गते आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेट संघीय संसद्को प्रतिनिधि सभामा प्रस्तुत गरेको थियो। राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलमा सांसदहरूले बजेट सम्बन्धमा राखेका जिज्ञाशाको जवाफ सम्बन्धित मन्त्रीहरूले दिएका थिए।

संसदमा बजेट प्रस्तुत भएलगत्तै राष्ट्रिय सभामा विपक्षी दलका सांसदहरूले खर्च कटौतीको प्रस्ताव राखेका थिए। बैठकमा खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित गर्न बाटो खुलेको हो।

सरकारले प्रस्तुत गरेको बजेटसम्बन्धी विनियोजन विधेयकलाई मूल विधेयक मान्ने गरिन्छ। यो विधेयक पारित भएपछि सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्छ।

यससँगै सरकारले संसदमा पेस आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक ऋण तथा जमानतसम्बन्धी आश्रित विधेयकहरू पारित भएपछि बजेट पूर्णरूपमा पारित भएको मानिन्छ। राष्ट्रिय सभाले भोलिको बैठकमा बाँकी आश्रित विधेयक पारित गर्ने कार्यसूची छ।

प्रकाशित: २३ असार २०७६ १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App