११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीले षड्यन्त्र गर्दैछन्ः प्रचण्ड

फाइल तस्बिर ।

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीहरूले विभिन्न षड्यन्त्र गरिरहेको बताएका छन्। शुक्रबार समाजवादी पार्टी, नेपाल छाडेर आफ्नो पार्टीमा प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन्।

शान्ति प्रक्रियालाई भाँड्ने प्रयास घातक भएको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। शान्ति प्रक्रिया भाँड्न केही मानिसहरूलाई युरोपलगायत संसारका विभिन्न मुलुकमा घुमाउने काम भइरहेको उनले दाबी गरे।

यस्तै कार्यक्रममा उनले बाबुराम भट्टराई, मोहन वैद्य, चित्रबहादुर केसीलगायतका नेताहरूलाई आफ्नो पार्टीमा समाहित हुन पनि आह्वान गरेका छन्।

दाहालले बाबुराम भट्टराईको बौद्धिकताको सदुपयोग आफ्नो पार्टीमा आएपछि मात्रै हुने दाबी गरे। वैद्यलगायतका पुराना नेताहरू आफ्नो पार्टीमा आए उचित सम्मान दिने पनि उनले बताए।

प्रकाशित: २० असार २०७६ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App