१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सचिवले सांसदलाई गलत बुझेको भनेपछि...

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादव कोइरालाले 'सांसदहरुले गतल बुझेको’टिप्पणी गरेपछि राज्यव्यवस्था समितिको बैठकमा केही बेर स्थिति तनाबपूर्ण बन्यो।

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको आईतबारको बैठकमा मन्त्री लालबाबु पण्डितले भनेका कुरालाई समितिका सदस्यहरुले गलत बुझेको भन्दै स्पष्ट पार्ने कोशिस गरेपछि समिति सदस्य पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रतिकार गर्दा स्थिति तनाबपूर्ण बनेको हो। समिति सदस्यहरुले गलत बुझे भन्ने अधिकार सचिवलाई नभएको भन्दै समिति सदस्य शर्माले प्रतिकार गरेपछि सभापति शशि श्रेष्ठलेरुलिङ गर्दै ५ नम्बर बुँदाको विश्लेषण रोकि ६ नम्बर बुँदामा प्रवेश गर्न सचिवलाई ध्यानाकर्षण गराइन्।

समिति सदस्य शर्माले भने “गलत तरीकाले व्याख्या गरेको भनेर भन्नुहुन्छ उहाँले। त्यो भन्ने राईट छैन। हामीले लोकसेवाबाट गरौ भन्दा भन्दै रक्त सम्बन्ध भन्ने पनि उहाँ , हामी चुप लाएर बस्या छ। आज फेरी गलत ढंगले व्याख्या गरेका छैनौ। रोक्ने होइन। यो कुरा उहाँले भन्न पाईदैन। ”

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बुँदा नम्बर ५को श्रेणी र तहगत व्यवस्थामाथि मन्त्रीले भनेको भनाईलाई समिति सदस्यहरुले गलत बुझेको भन्दै त्यसबारे थप प्रष्ट पार्ने प्रयास गरेपछि सचिव र समिति सदस्यबीच भनाभन भएको हो। समितिको बैठकमा ५ नम्बर बुँदामा विवाद भएपछि त्यसलाई छोडेर ६ नम्बर बुँदाको छलफल अगाडि बढाईसकेको बेला सचिवले ५ नम्बर बुँदामा प्रवेश गर्दै समिति सदस्यहरुले मन्त्रीको कुरालाई गलत बुझेको अभिव्यक्ति दिएका थिए। 

 

प्रकाशित: ८ असार २०७६ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App