२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कमजोरी औंल्याउने काम पत्रकारको होः प्रवक्ता शर्मा

फाइल फाेटाे

तम्घास– नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा थुप्रै कमीकमजोरी भए पनि त्यसलाई औँल्याउने काम पत्रकारको भएको बताएका छन्। पत्रकारले कमीकमजोरी नऔँल्याए राजनीति र समाज सुध्रिन नसक्ने बताए।

काङ्ग्रेसले शुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ गुल्मीले संयुक्त रुपमा आज सदरमुकाम तम्घासमा आयोजना गरेको आमसभामा प्रवक्ता शर्माले आफ्नो पार्टी सरकारले ल्याएको सञ्चारसम्बन्धी विधेयकको विपक्षमा भएको बताए। उनले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारको अहम् भूमिका निर्वाह गरेको स्मरण गरे। ‘काङ्ग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा उभिन्छ, शर्माले भने।

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङग बस्नेत, पार्टी सभापति भुवनप्रसाद श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित: २० जेष्ठ २०७६ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App