१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारले लोकतन्त्रमाथी धावा बोल्यो : सभापति देउवा

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि धावा बोलिरहेको आरोप लगाएका छन्।

सभापति देउवाले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भईरहे सरकारलाई हटाउनेगरी आन्दोलनमा जान बाध्य हुने स्थिति आउन सक्ने भन्दै पार्टीका नेता, कार्यकर्तालाई तयार रहन समेत निर्देशन दिए। बिहीबार पार्टीद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केपी ओली नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रलाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाए।

सभापति देउवाले लोकतन्त्रलाई आत्मासात नगरेकाले काँग्रेसले राजतन्त्र हटाएको पनि स्मरण गराए। प्रजातन्त्र र राजतन्त्रसँगै हिँडने अवस्था नभएपछि राजतन्त्र हटाइएको र ओली सरकारले पनि लोकतन्त्रको विरोध गरिरहे हटाउने सभापति देउवाको चेतावनी छ।  

प्रकाशित: १६ जेष्ठ २०७६ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App