२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

आयोजना स्थलनै नपुगी फर्कियो संसदीय टोली

पाँचथर–पुष्पलाल (मध्यपहाडी) लोकमार्गको निर्माण कार्यको अनुगमन गर्न आएको संघीय सांसद विकास तथा प्रविधि समितिको टोली आयोजना स्थल नपुगि फर्किएको छ। जिल्ला सदरमुकाम फिदिममा यहाँका जनप्रतिनिधि, राजनीतिकदल, कर्मचारीहरुसँग अन्तर्क्रिया गरी टोली काठमाडौं फर्किएको हो।

काभ्रेबाट मध्यपहाडी लोकमार्गको निर्माणको स्थलगत अनुगमन गर्न  निस्किएको टोली जिल्लामा भने निर्माण काम भईरहेका ठाँउ नपुगी फर्किएको हो। निर्माण कम्पनीको ढिलाई, वेष्टेज मेटेरीयल, निर्माण गुणस्तर लगायका समस्याहरु भएपनि संसदीय टोली फिदिममा अन्तर्क्रिया गरी फर्किएको हो।  अनुगमनमा निस्किएको टोली लोकमार्गको सुरुवाती विन्दु चिवाभञ्याङ समेत नपुगि फर्किएको हो।

अन्तर्क्रियामा निर्माणको क्रममा प्रत्यक्ष जोडिने उपभोक्ताको उपस्थीति समेत थिएन। लोकमार्गको निर्माणमा ढिलाई तथा अन्य समस्याहरु भएकाले अन्तरक्रियामा सहभागिहरुलेनै स्थलगत अनुगमन गर्न आग्रह गरेका थिए। छलफलमा बोल्दै प्रदेश सभा सांसद आशारत्न जवेगुले सदरमुकामको छलफलमात्र नभई स्थलगत अनुगमन गरी आवश्यक निर्देशन गर्न आग्रह गरेका थिईन। यस्तो आग्रह जिल्लाको राजानीतिकदल लगायतका सहभागि थियो। तर काठमाडौं पुग्नै पर्ने भन्दै टोली छलफल गरी फर्किएको हो।

 छलफलमा सहभागिले लोकमार्गमा ठेकेदार कम्पनीको ढिलाई रहेको गुनासो पोखेका थिए। चिवाभञ्याङमा नाका खोल्न पहल नभएको, निर्माणमा ढिलाई, निर्माणको क्रममा प्राकृतिक जोखिमको आंकलन नगरीएको, खेती योग्य जमिन पुरीएको लगायतका गुनासो गरेका थिए। उनीहरुले काममा ढिलाई गर्ने ठेकेदारहरुलाई कारबाहीका लागि सरकारलाई सुझाव दिन समेत आग्रह गरेका थिए।

समिति सभापति कल्याणी खड्का, सदस्यहरु गणेशकुमार पहाडी, रंगमती शाहि र राजेन्द्र राई तथा लोकमार्गका   आयोजना प्रमुख सहितको टोली लोकमार्ग हुँदै फिदिम आईपुगेको थियो।

जिल्लामा चिवभञ्याङदेखि तमोरको माझिटारसम्म मध्यपहाडी लोकमार्गका सडक रहेको छ। अहिले दोरम्बा–चिवाभञ्याङ खण्डमा काम भईरहेको छ। यहाँ पुल, ग्रावेल स्तरको स्तर उन्नती र स्टक्चरको काम भईरहेको छ। तर ठेकेदार कम्पनीले काममा ढिलाई गर्दा आयोजनाको काम प्रभावित भएको छ। छलफलमा ठेकेदार कम्पनीका प्रतिनिधिपनि उपस्थीत थिए। सहभागिले सुरुमा ट्याक खोलीएपनि तेह्थुममा कालोपत्रेको काम अघि बढ्दा जिल्लामा बढ्न नसकेको, काममा ढिलाई भएको, स्थानीय समन्वय नभएको, सास्कृतीक सम्पदालाई ख्याल नगरीएको गुनासो राखेका थिए। 

‘चिवाभञ्याङसम्म पुग्ने गरी योजना बनाएर आएका थियौँ। सुन्नु भन्दा देख्नुमा धेरै कुरा पाईन्छ भनेर आयौँ। यहाँहरुले पनि आग्रह गर्नु भयो तर काठमाडौं नपुगी नहुने भयो’ छलफलमा बोल्दै सभापती खड्काले भनिन् ‘मध्यपहाडीको काम गर्ने शैली एकदम ढिलो भएको देखिन्छ। यहाँहरुले पनी पीडाहरु व्यक्तगर्नु भयो। हामी मध्यपहाडीले पूर्णता पाउनु पर्छ भनेर समितिले पहल गरिरहेको छ। अनुगमनको क्रममा काममा एकरुपता देखेनौ।’

निर्माण कम्पनीलाई अबपनि काममा हेलचेक्र्याइ गर्ने हो भने कडा कारबाही हुने उनको भनाई थियो। आयोजना प्रमुख दिपक केसिले आयोजनाको प्रगतिको अवस्था बारे जानकारी गराएका थिए। ठेकदार कम्पनीले समयमा काम नगर्दा समस्या भएको उनको भनाई थियो। पुराना ठेक्का नसकिदा नयाँ ठेक्का लगाउन नपाइएको केसिको भनाई थियो। जिल्लामा १९ किलोमीटर कालोपत्रे भएको छ। दारिम्बादेखि चिवाभञ्याङको पुल र सडक स्तरउन्नतीका कामहरु भईरहेको फिदिम आयोजना कार्यालयका प्रमुख अभिमान  मूल्मीले बताए।   

प्रकाशित: १२ जेष्ठ २०७६ ११:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App