१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नीति तथा कार्यक्रममाथि आजदेखि छलफल

काठमाडौं - सरकारको नीति तथा कार्यक्रममाथि आइतबारदेखि संसदमा छलफल सुरु हुने भएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि संघीय संसद्मा पेश गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको आज बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रबार सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। आजको बैठकमा विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराईसहितले बोल्ने तयारी छ।

नीति तथा कार्यक्रममाथि तीन दिनसम्म संसदमा छलफलका लागि समय दिइएको संसद सचिवालयले जनाएको छ।
२४ गते मंगलबार प्रधानमन्त्री केपी ओलीले सांसदका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई पारित गर्ने प्रक्रियामा लगिने सचिवालयले जनाएको छ। नीति तथा कार्यक्रममाथि छ वटा संशोधन दर्ता भएको छ। प्रमुख विपक्षी दल नेपाली कांग्रेससहित तीन प्रतिपक्ष दलका तर्फबाट संशोधन दर्ता भएका हुन्।

प्रकाशित: २२ वैशाख २०७६ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App