७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

उच्च अदालतका १७ न्यायाधीशको सपथ (सूची सहित)

काठमाडौं– उच्च अदालतमा सिफारिस १७ न्यायाधीशले सपथ ग्रहण गरेका छन्। न्याय परिषद्द्वारा उच्च अदालतमा सिफारिस १८ मध्ये १७ न्यायाधीशले बुधवार सर्वाेच्च अदालतमा पद तथा गोपनियताको सपथ लिएका हुन्। न्यायाधीशलाई प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाको उपस्थितीमा मुख्य न्यायाधीशले सपथ गराएका थिए। 

उच्च अदालत विराटनगरमा सिफारिस अधिवक्ता अञ्जु उप्रेती ढकाललाई भने वैशाख ३ गते सपथ गराइने छ। अञ्जुलाई न्यायाधीश उमेशराज पौडेलको ठाउँमा नियुक्तिका लागि सिफारिस गरिएको हो। पौडेल वैशाख ३ बाट सेवा निवृत्त हुँदैछन्। 

सर्वाेच्चमा सिफारिस न्यायाधीशको भने संसदीय सुनुवाइ पछि सपथ हुने छ। न्याय परिषद्ले चैत १९ गते सर्वाेच्चमा ५ र उच्च अदालतमा १८ न्यायाधीशको नाम सिफारिस गरेको थियो। 

न्याय परिषदद्धारा सिफारिस सर्वाेच्च र उच्च अदालतका न्यायाधीश (सूची)

प्रकाशित: २७ चैत्र २०७५ १०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App