१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जनमुक्ति र लोक जनशक्ति पार्टीबीच एकीकरण

काठमाडौं – संघीय संसदमा प्रतिनिधित्व नगर्ने साना दुईवटा पार्टीबीच मंगलबार एकीकरण भएको छ। राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता घोषणा भएको छ। पार्टी एकीकरणपछि नयाँ पार्टीको नाम भने राष्ट्रिय जनमुक्ति पार्टी नै रहनेछ।

मंगलबार घोषणा भएअनुसार एकीकरणपछिको पार्टीको नेतृत्व केपी पालुङवाले गर्नेछन्। अध्यक्ष पालुङवाले मुलुकको राजनीतिक दलमध्ये नयाँ पार्टी तेस्रो धार भएको जिकिरसमेत गरे। ‘विचार मिल्ने अन्य राजनीतिक दलसँग एकता गर्दै मुलुकको पहिलो शक्ति बन्ने योजनाका साथ पार्टी एकीकरण गरेका हौं, यसको सुरुवात यो एकीकरणबाटै भएको छ,’ पालुङवाले घोषणासभामा भने।

मुलुकमा व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै रहेको र अझै पनि विभेद र असमानता व्याप्त रहेकोले जनताका गुनासालाई लोकतान्त्रिक विधिबाट हल गर्ने राजनीतिक शक्ति र नेतृत्वको आवश्यकता खट्किएकोले दुई पार्टीबीच एकता गर्नु परेको अध्यक्ष पालुङवाको भनाइ छ। उनका अनुसार बहुजातीय लोकतान्त्रिक समाजवादलाई मूल लक्ष्य बनाएर पार्टीका गतिविधि अघि बढाइने छ।

प्रकाशित: २० चैत्र २०७५ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App