१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीलाई राेक

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समाचार संकलनका लागि आएका केही पत्रकारलाई प्रवेशमा रोक लगाएको छ। समाचार संकलनका क्रममा कार्यालय प्रवेश गर्न खोज्ने सञ्चारकर्मीलाई सुरक्षाकर्मी ले पार्किङ क्षेत्रबाटै प्रवेश निषेध गरेका हुन।

माथिको आदेश भन्दै सुरक्षाकर्मीले पत्रकारलाई गेट बाहिरै रोक्ने गरेको छ। मिडिया हाउस तथा सूचना तथा सञ्चार विभागले प्रदान गरेको परिचयपत्र देखाउँदा समेत भित्र छिर्न दिइएको छैन।

समाचार संकलनका लागि भित्र छिर्नुपर्ने जानकारी गराई पत्रकार परिचय पत्र देखाउँदा समेत अनुमति लिएको अथवा माथिबाटै आदेश हुनुपर्ने भन्दै पत्रकारलाई गेट बाहिरै रोक्ने गरिएको छ। तर, कानुन व्यवसायीलाई निषेध गरिएको छैन। ‘हामी रिपोर्टिङका लागि गएका थियौं। तर प्रधानमन्त्री कार्यालयका सुरक्षाकर्मीले भित्र जान दिएनन्’, प्रधानमन्त्री कार्यालयबाट फर्काइएका एक पत्रकारले गुनासो गरे।

प्रकाशित: ४ चैत्र २०७५ १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App