१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसदको घरमा छापा प्रकरण, प्रहरीलाई कारवाही गर्न माग

दोषीलाई कारबाहीको माग गर्दै प्रजिअ कार्यकक्षमा प्रदेश सभा सदस्य सहित पार्टी कार्यसमितिका पदाधिकारी। तस्बिर: नागरिक

बर्दिया- ईलाका प्रहरी कार्यालय मैनापोखरले खानतलासी गर्ने बहानामा नेपाली कांगेसका प्रदेश सभा सदस्य भूवनेश्वर थारुको घरमा मध्यरात छापा मारेको विषयलाई लिएर सम्वन्धित प्रहरीलाई कारबाही गर्न कांग्रेसले माग गरेको छ। प्रदेश सभा सदस्य भुवनेश्वर  घरमा नियतवस दुर्व्यवबाहर गर्ने उदेश्यले मध्यरात छापा मार्ने प्रहरीलाई कारबाहीको माग गरेका हुन्।

नेपाली कांग्रेस पार्टीका कार्यबहाक अध्यक्ष मिश्रिलाल यादव सहितको टोलीले  प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ समक्ष मध्यरात छापा प्रकरणमा संलग्न दोषी प्रहरीलाई कारबाहीको माग  गरेका छन्।

‘प्रजिअले स्थलगत रिपार्ट बुझेर कारबाही अघि बढाउँने भन्नु भयो’प्रजिअ कार्यकक्षमा यादवले भने,‘दुई साता वित्दा दोषी प्रहरी ईन्चार्ज लक्ष्मण वलीलाई संरक्षण गर्ने काम भईरहेको छ।’

प्रदेश न. ५ का प्रदेश सांसद थारुको बर्दिया बढैयाताल गाउँपालिका वडानं. ६ मैनापोखर गाउँ स्थित घरमा फागुन २१ गते मध्यरात सादापोशाकमा प्रहरी प्रवेश गरेको थियो। माननीय सांसदको धर्मपत्नी  सरिता थारु सुतेको अवस्थामा उनी माथी प्रहरीले दुर्व्यबाहर गरेको नेपाली कांग्रेसले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ।

सादा पोशाकमा सांसदको घरमा प्रवेश गरेको प्रहरीले हुलहुज्जत गरेको पीडित परिवारको आरोप छ। प्रधान प्रधान ढोका खोल भनि ढोका जोड्–जोड्ले ढकढकाइ घर भित्र जवरजस्ती गरेको सांसदपत्नीले सरिताले वताईन्। ‘म घरमा एक्लै छु अरुकोही छैन म मात्र छु भन्दा भन्दै ७–८ जना सादा पोशाकका व्यक्तिहरु प्रवेश गरी जथाभावी घरका कोठा कोठा खानतलासी गरेको सरिताले वताईन्।

तपाईहरु को हो किन खान तलासी गरी रहनु भएको छ भनि सोध्दा  सिआईडी प्रहरीको परिचय दिएर १५–२० मिनेट सम्म कोठा कोठामा खानतलासी गरिएको पीडित परिवारको  गुनासो छ।

मैनापोखर क्षेत्रमा पछिल्लो समय दर्जन भन्दा बढि ठाउँमा चोरी भएको भन्दै प्रजिअ समक्ष चोरी नियन्त्रणको लागि आएको डेलिगेसनले स्थानीय र प्रहरी विच सम्बन्ध बिग्रिएको स्थानीयको भनाई छ। प्रहरीले दुर्घटना गरेर फरार चालक सांसदको घरमा लुकिछिपि बसेको आंशकामा प्रहरीले छापा मारेको दाबी गरेको छ। घटनाको अध्ययनका लागि सम्बन्धित  निकायसँग  बुझ्ने काम भईरहेको प्रजिअ कुरुम्बाङले वताए।‘दोषी भेटिए कारबाहीका लागि सम्बन्धित निकायमा पत्रचार गर्छौं’उनले भने।

 

प्रकाशित: २ चैत्र २०७५ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App