काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफूले अभिभावकत्व लिएका एक विद्यार्थीलाई प्रत्येक महिना भेट्ने गरेका छन्।
तनहुँको गाउँफर्कदय माविमा अध्ययनरत कीर्तन नेपालीको पढाईको सम्पूर्ण जिम्मेवारी दिएका नेता पौडेलले प्रत्येक महिना उनको पढाई बारे जानकारी लिँदै आएका हुन्।
गत बैशाखमा अभिभावकत्व लिएका पौडेलले कीर्तनको विद्यालयमा लाग्ने सम्पूर्ण खर्च प्रत्येक महिना आफैँ गएर बुझाउने गरेको बताए। उनले सोमबार पनि कीर्तनलाई भेटेर उनको पढाई बारे जानकारी लिएका थिए।
‘म आफैँ जाँदा उनको पढाईको पनि जानकारी पाउँछु’, उनले भने, ‘आफ्नो अभिभावक आउँदा कीर्तन पनि खुसी हुन्छन्।’ कीर्तन कक्षा ५ मा अध्ययनरत बालक हुन्।
प्रकाशित: २८ फाल्गुन २०७५ ०९:२० मंगलबार