१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

राप्रपाको विस्तारित बैठक बस्ने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको विस्तारित बैठक आगामी चैत १ गतेदेखि काठमाडौँमा हुने भएको छ।

राप्रपाका केन्द्रीय सदस्य, ७७ वटै जिल्लाका अध्यक्ष, भातृ सङ्गठनका अध्यक्ष र पार्टीका विभागीय समितिका प्रमुखको सहभागिता रहने उक्त विस्तारित बैठकमा पार्टीले घोषणा गरेको शान्तिपूर्ण जनसङ्घर्ष, देशको समसामयिक घटनाक्रमलगायत विषयमा छलफल हुने पार्टीका नेत्री सरस्वती केसीले जानकारी दिइन्।

उक्त बैठकबाट केन्द्र, प्रदेश र जिल्लामा गरिने सङ्गठन सुदृढिकरण, राजनीतिक गतिविधिलगायत विषयमा धारणा तय गरिने छ। हिन्दूराष्ट्रको पुनःस्थापना, राजसंस्थाको विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताको खारेजी, सन् १९५० को सन्धि र असमान सम्झौता पुनरावलोकन र खारेजीको माग गर्दै पार्टीले यही फागुन १५ गतेदेखि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गरिरहेको छ। सो यात्रा यही फागुन ३० गते काठमाडौँमा समापन गरिने भएको छ। रासस

 

प्रकाशित: २५ फाल्गुन २०७५ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App