५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

चार दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए

खोटाङ –  खोटाङमा चार दिनदेखि बेपत्ता एक पुरुष मृत फेला परेका छन्। गत शनिबारदेखि सम्पर्कविहीन भएको जन्तेढुंगा गाउँपालिका–६, दिप्लुङ सोभेका ५८ वर्षीय सोभितमान मगर मंगलबार मृत फेला परेका हुन्।

प्रहरी र आफन्तले खोजी गर्ने क्रममा मगरको शव सोभेकै गैयाँटार भीरमा फेला परेको जिल्ला प्रहरी कार्यालय (खोटाङ)का डिएसपी राजकुमार केसीले जानकारी दिए।

अधिक मादक पदार्थ खाने गरेका मगर भीरबाट लडेको हुन सक्ने अनुमान गरिएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र (चिसापानी)मा लगिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App