१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रहरीले १४ करोडका कारकेड मोटरसाइकल किन्दै

काठमाडौं– राष्ट्रपतिलाई कारकेड गाडि किन्ने विषयको विवाद सेलाउन नपाउँदै सरकारले नेपाल प्रहरीलाई कारकेड मोटरसाइकल किन्न बजेट दिएको छ। नेपाल प्रहरीलाई ३० थान कारकेड मोटरसाइकल किन्न अर्थ मन्त्रालयले भैपरी शिर्षकमा बजेट दिएको हो।

कारकेड मोटरसाइकल किन्न १३ करोड ९७ लाख रुपैयाँ खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ। विशिष्ट व्यक्तिको सुरक्षा प्रयोजनका लागि मोटरसाइकल किन्न थालेको नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताए। ‘टेण्डर प्रक्रिया अघि बढी सकेको छ,’ उनले भने ‘ढिलोमा चैतसम्म उक्त कारगेड मोटरसाइकल नेपाल आइसक्ने छ।’

नेपाल प्रहरीसंग अहिले कारकेड मोटरसाइकलको सेट रहेको छ। त्यो सेट राष्ट्रपति लगायतका उच्चपदस्थ अधिकारीको विशिष्ट व्यक्तिको सवारीका कार्यक्रममा सुरक्षाका लागि प्रयोग हुँदै आएको छ। भएको सेट पुरानो भएकाले बेला बेलामा विग्रने समस्याका कारण प्रहरीले नया सेट किन्न सरकारसंग प्रस्ताव गरेको हो।  

काठमाडौंमा सम्पन्न विमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको सुरक्षामा प्रयोग भएको कारकेड मोटरसाइकल दुर्घटना परेको थियो। उनको स्कर्टिङका क्रममा कालिमाटीमा भएको दुर्घटनाप्रति धेरैले चासो व्यक्त गरेका थिए। प्रहरीले दर्घटनाको कारण पुराना मोटरसाइकल भएको बताएको थियो।  

 

प्रकाशित: १० फाल्गुन २०७५ ०८:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App